कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव: रक्तदानदेखि सम्मानसम्म
पाेखरा | असार ६, २०८१
पोखरा: कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।
छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो ।
सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए । मानव जीवन रक्षाका निम्ति रक्तदान प्राथमिकतामा परेको उनले बताए ।
बुधबार सम्मान, पुरस्कारसहित वार्षिकोत्सवको मुख्य कार्यक्रम रहेको अध्यक्ष गुभाजुले बताए ।
कार्यक्रममा ‘कृष्णमान स्मृति उत्कृष्ट कर्मचारी–२०८१’ बाट मञ्जु भण्डारी र निर्मला गुरुङ श्रेष्ठ पुरस्कृत भएका थिए । प्रालिमा रहेर उत्कृष्ट कार्य गरेका उनीहरुलाई नगदसहित सम्मानपत्र, मायाको चिनो र दोसल्लाले सम्मान गरिएको उनले बताए ।
यस्तै अघिल्लो दिन रक्तदान गर्ने शेयरधनी, कर्मचारी तथा परिवारजन रक्तदाताहरुलाई कदरपत्र प्रदान गरिएको थियो । शेयरधनी राकेशमान बुद्धाचार्यलाई उनकै छोरीले मृगौला प्रत्यारोपण गरी सहयोग गरेकाले सोही कार्यक्रममा छोरी रिकेशाना बुद्धाचार्यलाई सम्मान गरिएको अध्यक्ष गुभाजूले बताए ।
उच्च शिक्षा हासिल गरेका शेयरधनीका छोरीहरु रिकेशाना बुद्धाचार्य र सुविक्षा गुभाजूलाई पनि सम्मान गरिएको थियो ।
यसबाहेक प्रालिले वर्षभर विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरेको उनले सुनाए । सबैको सहयोग र साथले थप रचनात्मक कार्यका लागि प्रोत्साहन मिलेको उनको भनाई थियो ।
२०७६ सालमा स्थापना भएको प्रालिको पोखरा महानगरका विभिन्न स्थानमा ५ वटा सुन र एउटा चाँदीको व्यावसायिक फर्म छ भने अर्चलबोटमा कञ्चन डिमार्टमेन्टल स्टोर पनि सञ्चालनमा छ । १७ जना सेयर सदस्य रहेको प्रालिमा करिब २ सय जना कर्मचारी कार्यरत रहेको अध्यक्ष गुभाजूले जानकारी दिए ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

